२ नयाँ अध्यादेशबारे सांसदहरुलाई प्रधानमन्त्री ओलीको ब्रिफिङ, के भने ? हेर्नुहोस बिस्तृतमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै जारी भएका दुई अध्यादेशबारे ;सांसदलाई ब्रिफिङ गरेका छन् । उनले अध्यादेशबारे अन्यौल र भ्रममा नरहन सांसदहरुलाई गरेका छन् ।सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका संघीय सांसदहरुसँगको छलफलका क्रममा प्रधानमन्त्रीले अध्यादेश आवश्यकता परेरै जारी भएको र यसमा अरु कुनै आशंका गरिरहनु नपर्ने बताएका हुन ।
प्रधानमन्त्रीसँग केही सांसदले पछिल्ला अवस्थाको बारेमा जिज्ञासा राखे पछि उनले यस्ताे जवाफ दिएका थिए । साेहि केममा उनले भारतसँग जोडिएको नेपालको सीमा नाका तत्काल नखुल्ने संकेत गरेका छन् । भारतमा कोरोना संक्रमणको अवस्था अन्त्य नभएसम्म सिमाना नखुल्ने प्रधानमन्त्रीले बताएका हुन् ।
तर उनले लकडाउनको मोडल परिवर्तन हुनसक्ने बताए । प्रधानमन्त्रीले संक्रमण नदेखिएका ठाउँमा लकडाउन खुकुलो हुने संकेत गरेको छलफलमा सहभागी एक सांसदले बताए ।
दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भए पछि राजनीतिक विवाद सुरु भएको छ भने सरकारले कोरोना महामारीमा राहतलगायतका विषयमा मजदुर र श्रमिकलाई भनेजस्तो व्यवस्था गर्न नसकेको भन्दै आलोचना बढीरहेका बेला प्रधानमन्त्रीले सांसदलाई ब्रिफिङ गरेका हुन् ।
अध्यादेशका कारण सत्तारुढ नेकपाभित्र नै मतमतान्तर देखिएको छ । पार्टीमा सल्लाह नै नगरी अध्यादेश जारी भएको भन्दै सरकारको आलोचना र समर्थनमा बहस उठेको छ ।