प्रधानमन्त्री ओलीलाई इङ्गित गर्दै डा बाबुराम भट्टराईले भने - लोकतन्त्रका हत्यारादेखि सावधान
काठमाडौँ । समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीबाट साबधान रहन सबैलाई अपिल गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ओलीलाई लोकतन्त्रवि विरूद्ध गम्भीर अपराध गरेको आरोप लगाएका छन्।
सोमबारको मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारीगरेप्रति भट्टराईले यस्तो कडा टिप्पणी गरेको हुन् । यस्त्रै उनले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर जुनसुकै पार्टी फुटाउने लक्ष्य राखेको भए पनि त्यो लोकतन्त्रवि’रुद्धको गम्भीर अपराध भएको बताएका छन् ।
उनले आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन्, ‘सम्पूर्ण देश एकढिक्का भएर कोरोनाविरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो । जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्त्रविरूद्ध गम्भीर अपराध हो । देश थप संकटमा फस्दैछ ! लोकतन्त्रका हत्यारादेखि सावधान !'
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी पनि राम्रोसंग छलफल नै नगरी तथा मन्त्रि परिसदका सदस्यहरुलाई समेत उक्त बिधेयकबारे बोल्न नै नदिएर एकाएक राजनीतिक पार्टी फुटाउनेबारेको अध्यादेश पेश गरेर पार्टीको सचिवालय बैठक बसिरहेकै बेला राष्ट्रपति बिद्यादेबी भण्डारीलाई जारी गर्न लगाएका थिए ।