२८ व्यक्तिमा कोरोना पुष्टि भएकाे भुल्केसहित आठ स्थान खतरायुक्त
उदयपुर। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले भुल्केसहित आठ स्थान कोरोना सङ्क्रमणको खतरा क्षेत्र बन्न पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिकाको भुल्केसँगै जोगीदह, मोथ्याइ, जलजले, देउरी, गाईघाटबजार जामे मस्जिद क्षेत्र र चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर र सिवाइ अहिले कोरोनाको डेन्जर जोनको रूपमा देखिएको छ ।
स्वास्थ्य कार्यलय प्रमुख मोहन सुवेदीका अनुसार भुल्केको नुरी मस्जिद क्षेत्र र मुस्लिम समुदायका मानिसमा कोरोना सङ्क्रमण देखिएपछि भुल्केका मुस्लिमको उठबस तथा आवतजावत यी अन्य आठ स्थानमा सम्बन्धित क्षेत्रका मुस्लिमसहित अन्य समुदायसँग पनि हुने गरेका कारण स्वास्थ्य कार्यालय उदयपुरले यी आठ स्थानलाई ‘डेन्जर जोन’मा राखेको हो ।
त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार त्रियुगा नगरपालिकाको भुल्केपछि यी आठ स्थान क्षेत्र आसपास खतरा बढ्दै गएका कारण नगरपालिकाले यी क्षेत्रलाई तत्काल डेन्जर जोनमा रोखेको प्रमुख चौधरीले बताए ।
शुरुमा भुल्केको नुरी मस्जिदमा लुकेर रहेका १२ भारतीय मुस्लिम नागरिकमा कोरोनाको सङ्क्रमण देखापरेपछि भुल्केका अन्य मुस्लिमहरुमा पनि कोरोनाको सङ्क्रमण सर्दै गएका कारण अहिले भुल्केमा १२ भारतीय नागरिकसहित १६ स्थानीय मुस्लिममा पनि कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।
भुल्केकोका बासिन्दा नै गाईघाट क्षेत्रसहित देउरी, जलजले, जोगीदह, मोथ्याइसहित चौदण्डी नगरपालिकाको सिवाइ र सुन्दरपुर क्षेत्रका नागरिकसँग आवतजावत तथा उठबस गर्ने कारण सम्बन्धित क्षेत्रसमेत अहिले कोरोनाको डेन्जर जोन बनेको स्वास्थ्य कार्यलयका पदाधिकारी बताउँछन् ।
यस विषयमा उदयपुरबाट प्रदेश १ का प्रदेशसभा सदस्य बिमल कार्की, नारायण बुर्जा र अम्बिका थापासँग जानकारी माग्दा आफूहरुले प्रदेश सरकारको ध्यानाकर्षण