सांसद अपहरण सेवानिवृत आईजीपीको पुनः जागिर पाउने दाउ
समय परिवर्तन भएको छ, राजनीति विकसित भएको छ र विश्वमा प्रगति भएको छ, तर नेपाल अझै पनि पुरानो र कच्चा राजनीतिक हेरफेरमा दबेको छ । एक सभ्य समाज वा एक प्रगतिशील देशले राजनीतिक पारदर्शिता अनुभव गर्नपाउनुको विपरित नेपाल र नेपालका जनताले हालै कच्चा नेपाली राजनीतिको झलक देखे जब सरकारले विपक्षी पार्टीका राजनीतिज्ञहरुलाई ‘बुल्डोज’ गर्ने प्रयास गर्यो । विपक्षी दलका सांसदहरुलाई पार्टी तोड्ेर सतारुढ दलले आफ्नो दलमा सामेल गराउन राज्यको पुलिसको प्रयोग गर्नु राज्यले निम्त्याउन सक्ने सबैभन्दा नराम्रो प्रकारको उत्पीडन हो । यो मानव अधिकार उल्लंघनको घटना जस्तै हो । पुर्व आईजी सर्वेन्द्रनाथ खनाल र नेकपाका सांसदद्धय महेश बस्नेत र किसान श्रेष्ठले समाजवादी पार्टीको सांसद डा. सुरेन्द्र यादवलाई पार्टी फुटाउन जनकपुरबाट काठमाडौं ल्याउन घटना त्यस उत्पीडनको उदाहरण हो ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, सरकारको प्रयास असफल भएपनि त्यस्ता योजनाहरूले प्रजातन्त्रको भावना र मर्मलाई हानि पुग्ने संकेत गर्दछ । सरकारको बढ्दो निरंकुशता र संकुचित सोचले यस्ता घटनाहरूलाई प्रशय दिने पक्का छ किनभने यहाँ सेवानिवृत्त र महत्वाकांक्षी प्रहरी अधिकारीहरूले पुनः रोजगारी पाउन च्याँखे थापेर बसेका छन् । यस कुकृत्यवापत सर्वेन्द्र खनाले के उपहार पाउलान त्यो कालान्तरमा पक्कै पनि थाहा पाइनेछ ।