झापामा थपिए ६२ वर्षीय कोरोना संक्रमित, केछ अवस्था

झापामा थपिए ६२ वर्षीय कोरोना संक्रमित, केछ अवस्था

दमक । झापामा एक जना कोरोना संक्रमित थपिएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणअनुसार थप एकमा कोरोना पोजेटिभ देखिएको हो। संक्रमित झापा निवासी ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार आइसाेलेसनमा रहेका उनको अवस्था सामान्य छ। योसँगै अब नेपालमा संक्रमितको संख्या ४९ पुगेको छ। यो संख्यामा १० जना निको भएर घर फर्किएका छन्।

'हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ | आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या १ छ | जो झापा निवासी ६२ बर्षका पुरुष हुनुहुन्छ | हाल सम्म प्राप्त विवरण अनुसार निज आइसोलेशनमा अस्पतालमा हुनुहुन्छ र स्वास्थ्य अवस्था सामान्य रहेको छ' मन्त्रालयले  आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ ।

संम्बधित खबर

विशेष