कोरोना प्रकोपका कारण देशभर गरिएको लकडाउन सात दिन बढ्ने
काठमाडौँ । कोरोना प्रकोपका कारण देशभर गरिएको लकडाउन बढ्ने भएको छ । अहिले बैसाख १५ गतेसम्म बढाइएको लकडाउन अव बैसाख २२ गतेसम्म लम्बिने भएको हो । यसअघि पनि लकडाउनबारे सत्य तथ्य जानकारी दिंदै आएका एक मन्त्रीले लकडाउन बैसाख २२ गतेसम्म लम्बिने कन्फर्म भएको बताएका छन् ।
'अब बैसाखभरि नै लकडाउन गर्ने भन्ने पनि छलफल चलेको छ । तर बैसाख १५ गतेपछि अर्को एक हप्ताचाहिं पक्का लकडाउन बढ्नेछ।' यसअघि पनि किस्ताबन्दीमा पटक पटक सरकारले लकडाउनको म्याद थप्दै आएको थियो । भोलि थप करीब २०० स्वाप टेष्टको रिपोर्ट आएपछि यसको सटिक मूल्यांकन हुने पनि बुझिएको छ ।