News

काठमाडौंमा भेटिएका सयौं जमातीको कोरोना परीक्षणको नतिजा के आयो ?

काठमाडौंमा भेटिएका सयौं जमातीको कोरोना परीक्षणको नतिजा के आयो ?

काठमाडौं । विरगञ्ज र उदयपुरमा जमातीहरुको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना पोजिटिभ रहेको भेटिपछि काठमाडौंमा पनि जमातीहरु लुकेर बसेको आंशका शुक्रबार काठमाडौंका सबै मस्जिदहरुको अनुगमन गरियो । त्यसमाथि उदयपुरमा भेटिएका संक्रमितहरु मध्ये ३ जना काठमाडौं आएर बसेको भेटिएपछि स्थिति झन् चिन्ताजनक बनेको छ । 

स्वास्थ्य सेवा विभागले मुस्लिम आयोगको सहकार्यमा गरेको अनुगमनमा काठमाडौंका मस्जिदमा करीव २०० जना जमातीहरु भेटिए । उनीहरुको स्वाव संकलन गरेर कोरोना परीक्षणको लागि शुक्रबार नै पठाइसकिएको छ । तर सबैको टेस्ट रिजल्ट आई नसकेको अवस्था छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार आज १२६ जनाको परीक्षण हुँदा १२२ जनाको रिपोर्ट निगेटिभ आएको छ । ४ जनाको टेस्टिंगको क्रममा केमिकल्समा समस्या आएपछि उनीहरुहरुको पुनः परीक्षण हुनेभएको छ । यद्यपि उनीहरुको रिर्पाट के आउछ भने अहिले नै यकिनको साथ भन्न सक्ने स्थिती छैन् ।

तर काठमाडौंमै २०० को संख्यामा जमातीहरु भेटिसकेपछि स्थिति चिन्ताजनक नै छ । सबैको टेस्ट रिजल्ट नआएसम्म काठमाडौंबासी ढुक्क हुने सक्ने अवस्था छैन ।

र यो पनि, 

काठमाडौँमा फेला परे दुई सय जमाती, कोरोना रिपोर्ट आज आउने !

विशेष