News

सर्वेन्द्र र महेशको दोस्ती, प्रहरीमा हुँदा देखि नै मिलोमतोमा ज्यादति !( प्रमाणसहित)

सर्वेन्द्र र महेशको दोस्ती, प्रहरीमा हुँदा देखि नै मिलोमतोमा ज्यादति !( प्रमाणसहित)

सर्वेन्द्र खनाललाई कुनै बेला प्रहरी नायकका रुपमा हेरिन्थ्यो । बीरता उनको बिशेषताको रुपमा लिइन्थ्यो । कोइराला परिवारसँग पारिवारिक साइनोका कारण उनी राजनीतिक दबाब सँग सित्तीमित्ती झुक्दईनन भनिन्थ्यो । तर समयक्रममा उनको छबी सामान्य कार्यकर्ताको जस्तो बनेको छ ।

जानकारअनुसार काठमाण्डू प्रहरी प्रमुख हुँदादेखि उनमा प्रमुख दलसँग निकट हुने र लाभ लिने लत लागेको थियो । ‘काँग्रेस त पारिवारिक हिसाबले नि आफ्नो, एमालेलाई आफ्नो बनाउनु पर्छ भन्ने वहाँमा थियो ।’ उनीसंगै काम गरेका एक अधीकृतले बताए ।

हालै नेकपा सांसद महेश बस्नेतसँग मिलेर समाजबादीका सांसदलाई अपहरणको शैलीमा कब्जामा लिएको घटना पछि केही सन्दर्भ स्मरणीय बनेका छन ।

पहिलो हो उनी काठमाण्डूको प्रहरी प्रमुख हुँदाको । त्यतिबेला डीएसपी थिए बिश्वराज पोखरेल । खनाल र पोखरेलसँगको मिलोमतोमा महेश बस्नेत समुहले काठमाण्डूमा मानिसहरु माथि आक्रमण गर्ने गर्थे । महेश बस्नेतले मन्त्री हुँदा प्रकाशन गरेको आत्मवृतान्त म महेशमा सो बारेमा उल्लेख गरेका छन । उनले खनाल र पोखरेलसँग मिलेर काठमाण्डूमा ठुला मूडभेड गरिएको स्वीकार गरेका छन ।

मूडभेड माओबादीका ज्यादतिका बिरुद्ध हुने गरेको बस्नेतको प्रस्टिकरण छ । उनले माओबादी सँग जोडिएका मजदूर नेताकार्यकर्ताको प्रतिकार गर्न खनाल र पोखरेलले सहयोग गरेको लेखेका छन । क्यासीनोमा वाइसियललाई मरनासन्न हुने गरी घाइते बनाउने साथीहरूलाई प्रहरीले पक्राउ गरेको र आफूले सर्वेन्द्र खनाललाई फोन गरेपछि उनले छाडिदिएको लेखेका छन  ।

ज्यान कर्तव्य मुद्धा लाग्ने घटनाका दोषीलाई काठमाण्डू प्रहरी प्रमुख रहेका खनालले युबासंघका नेता बस्नेतको फोनकै आधारमा छाडेको घटनाले उनको इमान र जमान प्रस्ट पार्ने एक प्रहरी अधिकारीको भनाइ छ । उनले भने ‘माओबादी मजदुरले बदमासी गरेको भए आफुले करबाही गर्नेकी बस्नेतको करिन्दा बन्ने ? मामूली कार्यकर्ता रहेका बस्नेतको चाकडी गर्ने खनालले प्रधानमन्त्रीको सेवा गर्ने अबसर किन गुमाऊँथे?

प्रहरीमा हुँदा त कानून नहेरेका उनले अहिले पद पाउन जे नि गर्न सक्छन ।’ काठमाण्डूमा प्रमुख हुँदा माओबादी विरुद्धमा लागेको उनले रूपंदेहीमा रहँदा माओबादीसँग नजिकिए । उनी त्यसयता प्रचण्डसँग नियमित भेट गर्दै आएका छन । प्रचण्ड निवासमा रहिसकेका एक पूर्वमाओबादी कार्यकर्ताले भने ‘वँहा नियमित आउनु हुन्थ्यो । पार्टीलाई सहयोग गर्ने बताउने गरेको थाह छ ।’

दोस्रो, प्रहरी प्रमुख हुँनका लागि उनले पेलेको पापड । सर्वेन्द्रसंगै चर्चामा थिए- रमेश खरेल । खरेलले प्रहरी प्रमुख हुनबाट आफुलाई कसैले नरोक्ने ठोकुवा गरे र भोलिपल्ट शान्तिमिशनमा गए । खरेलको दाबीपछि आत्तिएका खनालले काठमाण्डूमा बसेर नेता रिझाऊन थप बल गरे । एमाले र कांग्रेस आफ्नो लागि तगारो नबन्ने बुझिसकेका खनालले प्रचण्डलाई खुशी पार्न लाजिम्पाट धाउने गर्थे । ‘यति धाएकी प्रचण्डले एक दिन तपाईं नै अब प्रमुख हो भन्नुपर्यो ।’ प्रचण्डनिकट स्रोतको दाबी छ । अर्को तर्फ खरेल दैलो धाएर पद नथाप्ने योग्यताका आधारमा आफुले पाउनुपर्ने सार्वजनिक दाबी गरे । बाजी खनालले मारे । हट्टाकट्टा खनाल रिटायर्ड जीबन जिउन सकिरहेका छैनन । अग्रज नवराज सिलवाल सांसद बनेको सन्दर्भ खनालले देखेकै छन । सायद ओली निकटताको अर्को लाभ उनलाई छिट्टै मिल्ने छ ।

विशेष