काठमाडौँमा फेला परे दुई सय जमाती, कोरोना रिपोर्ट आज आउने !
काठमाडौँ । सरकारी अधिकारीहरु संयमतापूर्वक एउटा खबर पर्खी बसेका छन, जसकाबारे अहिलेसम्म बाहिर जानकारी गराइएको छैन । त्यो हो-उपत्यकाका फेला परेका कम्तिमा १९५ जना जमातीको कोरोना रिपोर्टकाे प्रसंग।
बिभिन्न जिल्लामा मुस्लिम धर्मप्रचारक अर्थात जमातीहरु लुकीछिपि बसेको पाइएपछि सरकारले उपत्यकाका मस्जिदमा निगारनी बढाएको थियो । ५० जना भारतीय र १४५ जना काश्मीरी, बंगलादेशी, इन्डोनेसिन जमाती उपत्यकामा भेटिएका थिए। उनिहरुको स्वाब लिइसकिएको र रिपोर्ट आजै आउने जनाइएको छ । लकडाउनकाे बेला काठमाडाैंमा भेटिएका जमातिको रिपोर्ट आज आउने र त्यसपछि लकडाउन थप्ने बिषयमा सरकारले थप निर्णय गर्नसक्ने एक उच्च अधिकारीले जानकारी दिए ।
यता स्वास्थ्य सेवा बिभागका महानिर्देशक महेन्द्र श्रेष्ठले काठमाडौँका २५ वटा मस्जितमा लुकेर बसेका जमातीलाई क्वारेन्टाइनमा ल्याइएको पुष्टि गरे । उनले नेपालआज सँगको कुरकाकानीमा भने -‘बिरगंज र उन्दयपुरमा कोरोना देखियो। जमातीहरु हाम्रो लागि जोखिम हुन्, देशैभरका १४७१ मस्जितमा खोजि गर्दैछौं । भारतमा निजामुद्दीन जमातीले कोरोना फैलाए।’
तर यता प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकामा जमाती फेला परेको बारे अनविज्ञ रहेको जनाए । बिभिन्न मस्जितमा केहि सहयोगी मानिसहरुमात्र रहेको पोखरेलको भनाइ छ । यस अघि उदयपुरलगायतका जिल्लामा फेला परेका जमातीमा कोरोना पुस्टि भएको थियो ।