रौतहटमा हावाहुरी र असिना पानीको बितण्डा, घर, गोठ र पसल समेत भत्किए

रौतहटमा हावाहुरी र असिना पानीको बितण्डा, घर, गोठ र पसल समेत भत्किए

रौतहट । रौतहटमा शुक्रबार मध्याह्न आधा किलोसम्मको असिना झरेसँगै वर्षा भएको छ । तीव्र गतिको हावाहुरीसँगै शुरु भएको असिना पानीले व्यापक ताण्डव मच्चाएको छ । कोरोना महामारीसँगै महिनौ लकडाउनबाट पीडि़तहरूलाई लगातारको हावाहुरी र असिना पानीले हैरान पारेको छ । 

रौतहट जिल्लाको कटहरिया र गुजरा नगरपालिकामा हावाहुरीसहित परेको असिना पानीले ठूलो क्षति पुर्याएको छ । असिना, हावाहुरी र वर्षाका कारण दर्जनौं घरका छाना उडाएको छ भने कतिको घर, गोठ, पसल समेत भत्काएको छ । भने आप, लिचि र मकै बालीमा समेत ठूलो क्षति पूर्याएको छ ।

सयौं हेक्टर जग्गामा किसानले लगाएको मकै तथा तरकारीबाली नष्ट बनाएपछि किसान चिन्ति बनेका छन् । यो संकटपूर्ण अवस्थामा पीडितहरुलाई तुरुन्त राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न सांसद प्रभु साहले माग गरेका छन् ।

संम्बधित खबर

विशेष