स्वास्थ्य मन्त्रीज्यु, टेण्डर रद्ध गरेर पुग्दैन् । एक्सनमा उत्रिनुहोस् । दोषीलाई कारवाही होस् ।
भानुभक्त ढकाल शालीन स्वभाव र स्वच्छ छवि भएका कम्युनिष्ट नेताहरुमध्येका एक मानिन्छन् । नेपालको कम्युनिष्ट आन्दोलनमा उनी विना कुनै पदको लालच र प्रतिष्ठाको आंकक्षा राखी निरन्तर खटिरहने कार्यकर्ता रुपमा परिचित छन् । नेपालको राजनीतिक वृतमा उनको धैयर्ता उद्दाहरणीय छन् । उनको बर्षौको तपस्था र घैयर्ताको फलस्वरुप आज उनी मन्त्री पदमा आसिन्न हुनुहुन्छ र स्वास्थ्य मन्त्रालयजस्तो महत्वपुर्ण मन्त्रालय हाँकिरहेका छन् ।
एकजना डाक्टरको सरुवाको वारेमा उनीसँग सम्बन्धित एक प्रसङ उल्लेख गर्न यहाँ सान्र्दभिक छ । उनको निकै नजिकको नातेदारले कसैको सरुवाको सिफिरिस लिएर जाँदा उनले ती नातेदारलाई भनेका थिए कि ‘हाम्रा नाता हाम्रो पारिवारिक विषय हो, म प्रणालीअनुसार काम गर्छु, कृप्या यस्तो सिफारिस लिएर नआउनुहोला्, हामिले दुर्गममा पनि डाक्टर राख्नुपर्दछ, मेरो आफ्नै परिवारको मानिसलाई त सबसे पहिले दुर्गम पठाउँछु ।'
सो प्रसङ कोरोनाको महामारी फैलिनु निकै अघिको हो । उनी मन्त्रालय सम्हाल्ने वितिक्के सर्वप्रथम दुर्गमका सबै हेल्थ पोष्टमा डाक्टर पठाउने अभियानमा लागेका थिए । त्यतिखेरै जनसेवामा उहाँको चाख उद्दाहरणीय थियो । उनको तुलोमा नातेदारको अगाडी आम जनता भारी थियो । तर उनी कहाँनिर चुके त ?
कोरोनाको महामारीको दौरान स्वाथ्य मन्त्रालयबाट यति ठुलो भुल किन हुन गयो । के मन्त्रालयको नेतृत्व लिने नै दोषि हुने हो त ? कि देशमा भष्ट्राचारको जालो नै यसरी झाँगिएको छ कि जो मन्त्री आए पनि नियन्त्रण गर्न सक्दैन्न ।
नेपाल आजले कोरोना सम्वन्धि समाग्री खरीद प्रक्ररणको सम्पुर्ण विश्लेषण गर्दा के पायौं भने स्वाथ्यमन्त्रीलाई आफ्नो व्यापारिक र राजनैतिक स्वाथ्र्य सिद्धीका लागि केही व्यापारी र राजनीतिज्ञले गुमराहमा पो राखेका रहेछन् ।
खरिद प्रक्ररणमा फ्रन्टलाईनमा देखिएका विशाल पण्डितको तार स्वास्थ्यमन्त्रीसँग नभई प्रधानमन्त्रीका सल्लाहकारहरुसँग देखियो । र प्रधानमन्त्री बिरामी परेको बेला उनीहरुको संरक्षकको रुपमा रक्षामन्त्री ईश्वर पोखरेल देखिए । हिजो काठमाडौं प्रेस अनलाईन पत्रिकामा प्रकाशित एक लेखमा ईश्वर पोखरेल र प्रधानमन्त्रीका आईटी सल्ल्लाहार अश्गर अली एवम् प्रमूख सल्लाहार विष्णु रिमालको नाम जोडिएपछि उनीहरुले सो अनलाईन अनाधिकृत रुपमा कब्जामा लिई सो समाचारलाई हटाएका थिए । प्रधानमन्त्रीका सल्लाहारहरु र व्यापारीहरुबीचको सम्बन्ध यो प्रकरण मात्र नभई अन्य थुप्रै प्रकरणमा आईसकेका छन् । चाहे जुनसुकै मन्त्रालय होस्, उनीहरुले निर्माण गरेको जालो यति फैलिएको छ कि जो मन्त्री आए नि शिकार हुनसक्छ । हुवावेको ४ जी काण्ड होस् या सेकुरिटी प्रिन्टिंग प्रेस खरिदको काण्ड – यी सबै काण्डहरु केही पतित कम्युनिष्ट नेताले व्यापारी र बिचौलियासित मिलेर सिंगो कम्यनिष्ट आन्दोलनलाई नै बदनाम गर्दैआएका छन् ।
तर यसरी भष्ट्राचारको जालो तोड्न नसक्नु मन्त्रीको कमजोरी पनि हो । मन्त्रीले स्वास्र्थ समुहसँग लडेर भिडेर नेपालको तन्त्रहरुलाई सफा बनाउन तिर लाग्नु पर्ने हो । खैर ढिलो भए पनि मन्त्रीले विशाल पण्डितमाथि कारवाही गरी र उनीसँगको टेण्डर रद्ध राम्रो उद्दाहरण प्रस्तुत गरेका छन् । अब उहाँले यस प्रकरणमा संलग्न कर्मचारीहरु छानविनको दायरामा ल्याउनुपर्दछ । उहाँले यथाशक्य श्रीघ एउटा छानविन समिती बनाएर यस प्रक्रियामा संलग्न सबै कर्मचारीहरुलाई छानविनको दायरामा ल्याईनुपर्छ । टेण्डर रद्ध गरेर पुग्दैन् । मन्त्री एक्सनमा उत्रिनुपर्छ । दोषीलाई कारवाही हुनुपर्छ ।