News

नेपाल-भारत मैत्री संस्थाहरुले गरे चिकित्सा आपूर्ति सामाग्रीहरु दान, हेर्नुहोस लिस्टसहित

नेपाल-भारत मैत्री संस्थाहरुले गरे चिकित्सा आपूर्ति सामाग्रीहरु दान, हेर्नुहोस लिस्टसहित

नेपालमा सकृया रहेका नेपाल-भारत मैत्री संस्थाहरु जसले नेपाल-भारतको जनस्तरमा सेतु को रूपमा कार्य गर्छन्, तीनले यस माहामारीमा पनि आफ्नो योगदान दिएका छन । यस माहामारीसँग लडन विभिन्न संस्थाहरुले बिभिन्न चिकित्सा आपूर्ति सामाग्रीहरु सरकार तथा स्थानीय अस्पतालहरूलाई दान गरेका छन ।

दान गरिएको सामाग्रीको विवरण यस प्रकार छन:

१. नेपाल भारत मानव विकास र मैत्री संघले ५ अप्रिल २०२० मा सिंहदरबारमा एक समारोहका बीच स्वास्थ्य र जनसंख्या मन्त्रालयलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) किट हस्तान्तरण गर्यो। पीपीईहरू शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र संघका अध्यक्ष सूर्य भुसालले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य जनसंख्या मन्त्रालयका पदाधिकारीहरु र मिडियाका व्यक्तिहरूको उपस्थितिमा हस्तान्तरण गरेका हुन्।

२. निफाका अध्यक्ष राजकुमार सिंधीले नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, एनआईसी नेपाल, एशियन पेन्ट्स र बर्जर पेंट्सका प्रतिनिधिहरूसँग बागमती प्रदेशको हेटौंडा अस्पताल, हेटौंडामा १० थान आईसीयू बेडहरू, २०० पीपीई किट्स र २ थान अक्सीजन केन्द्रक हस्तान्तरण गरे । ती वस्तुहरु बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री  युवराज दुलाल र मन्त्रालयका अधिकारीहरुबाट प्राप्त भएका थिए।

   

३. नेपाल भारत मानव विकास र मैत्री संघले ९ अप्रिल २०२० मा सिंहदरबारमा सम्माननीय पानी आपूर्ति मन्त्री बीना मगरलाई २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) किट हस्तान्तरण गरेको छ। यस संस्थाले सुदुरपश्चिम प्रदेश सरकारलाई कोरोना बिरूद्धको लडाईमा सहयोगका रूपमा किट प्रदान गरेको छ। हस्तान्तरण समारोहमा नेपाल सरकारले सुदुरपश्चिम प्रदेशका लागि समन्वय सहयोगको प्रभारी समेत बनेकी मन्त्री बिना मगरले किटहरु छिट्टै प्रदेशिक मुख्यालयमा पठाइने छ र प्रदेश सरकारको अधिकारमा राखिने बताइन ।

४. नेपाल भारत मैत्री संघ (निफा), हिन्दू स्वयंसेवक संघ (एचएसएस) र नेपाल एसबीआईका प्रतिनिधिहरूले १० अप्रिल २०२० मा बुटवलमा आयोजित एक समारोहमा निम्न २०० पीपीई किट्स, ५,००० मास्क र ५,००० पन्जा चिकित्सा आपूर्ति प्रदेश ५ सरकारलाई हस्तान्तरण गरे । 

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, सामाजिक विकास संसदीय समितिका अध्यक्ष दिर्घ नारायण पाण्डेय र सामाजिक विकास मन्त्रालयका अन्य अधिकारीहरुको उपस्थितिमा सहयोग प्राप्त भएको थियो।

५. नेपाल भारत महिला मैत्री संघका अध्यक्ष चन्दा चौधरीले १२ अप्रिल २०२० मा जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री लाल बाबु राउतलाई पीपीई किट्स, मास्क, पन्जा, स्यानटिसर र कीटाणुशोधन टड़की लगायतका उपकरणहरू हस्तान्तरण गरे । यस अघि संस्थाले महोत्तरी, सर्लाही र रौतहट जिल्लाहरूमा पनि स्थानीय अस्पतालहरूलाई स्वास्थ्य सामग्री दान गरेको थियो । कूल २०० पीपीई, ५,००० मास्क, ५,००० पन्जा, १०० लिटर सनिटाइसर र २० कीटाणुशोधन टड़कीहरू संस्थाले प्रदेश २ भरमा वितरण गरेको छ । भारतीय महिला संघले नेपाल भारत महिला मैत्री संघलाई चिकित्सा आपूर्ति खरीदका लागि सहयोग प्रदान गरेको थियो।

विशेष