कोरोना भाइरसले अमेरिकामा मृत्यु हुनेको संख्या ५४ हजार नाघ्यो
काठमाडौं । करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५४ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म थप २ हजार ५५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५४ हजार २४८ पुगेको हो ।
पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २९३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख ६० हजार ५२५ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख १८ हजार १६२ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख ८८ हजार ११५ जनामध्ये १५ हजार ११० जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै महामारीले इटालीमा एकै दिन ४१५ जनाको मृत्यु भएको छ । शनिबार थप ४१५ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २६ हजार ३८४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ३५७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ९५ हजार ३५१ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये ६३ हजार १२० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ५ हजार ८४७ जनामध्ये २ हजार १०२ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।