राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन बार्ता, के-के भयाे कुराकानी ?

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन बार्ता, के-के भयाे कुराकानी ?

काठमाठाैं .। राष्ट्रपति विद्यादेवी भण्डारी र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङबीच टेलीफोन बार्ता भएको छ। साेमबार भएकाे उक्त टेलिफाेन बार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले चिनियाँ पक्षले नेपालमा कोरोना महामारी प्रकोप बिरूद्धको लडाइ नियालिरहेकाे र नेपालले चालेको कदमलाई समर्थन रहने बताएका छन्। 

राष्ट्रपति सीले कुराकानीका क्रममा दुई देशका स्वास्थ्य र चिकित्सा संस्थाहरूलाई सञ्चार र सहयोग अभिवृद्धि गर्न आग्रह गरे। चिनियाँ राष्ट्रपतिले भने, 'विश्वले बहुपक्षीयताको रक्षा गर्नुका साथै अन्तर्राष्ट्रिय न्याय र नैतिकताको समर्थन गर्नु पनि रहेको छ।'

त्यस्तै राष्ट्रपति भण्डारीले कोरोना भाइरस संक्रमण रोकथामका लागि चीनले चालेको कदमको प्रशंसा गरेकी छिन्। साथै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न देशमा चीनले गरेको सहयोगप्रति पनि राष्ट्रपति भण्डारीले प्रशंसा गरेकी छिन्। जवाफमा चिनियाँ राष्ट्रपति सीले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपालले चालेको कदम पनि प्रभावकारी भएको भन्दै प्रशंसा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि नियमित काममा फर्किएको भन्दै खुशी व्यक्त गरेका छन्। साथै उनले प्रधानमन्त्री ओलीको सुस्वास्थ्यको कामना गरेका छन्।

(यो सामग्री पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.org)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।)

संम्बधित खबर

विशेष