News

लकडाउनका बेला विराटनगरबाट आएका यात्रुलाई नागढुंगामै रोकियो

लकडाउनका बेला विराटनगरबाट आएका यात्रुलाई नागढुंगामै रोकियो

काठमाडौं । काेराेना भाइरसकाे त्रासका कारण काठमाडाैँ भित्रिने मुख्य नाकाका प्रहरी कडाइ गरेकाे छ। आज विहान विराटनगरमा आउँदै गरेका बसहरु नागढुंगा नाकामा रोकिएपछि यात्रु अलपत्र परेका छन् । सात वटा बस करिव १६० यात्रु काठमाडौंका आए पनि प्रहरीले उनीहरुलाई नागढुंगा नाकामा रोकेको हो ।

महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै लकडानउका समयमा बाहिरबाट यात्रु काठमाडौं आउन नदिने निर्णय स्वरुप बसहरु रोकिएको जानकारी दिए । उनले विराटनगरबाट आएका यात्रुलाई काठमाडौं छिर्न नदिने र विराटनगर नै फर्काउने बताएका छन् ।

तर विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले भने समन्वय गरेरै विराटनगरमा अलपत्र परेका काठमाडौंबासीलाई पठाएको जानकारी दिए ।

उनले सबै यात्रुको स्वास्थ्य जाँच गरी समन्वय गरेर नै पठाएको बताएका छन् । विराटनगर महानगरपालिकाले सात वटा बसमा १६० जनालाई राखेर पठाएको जानकारी दिएको छ ।

विशेष