भारतले चिनियाँ परीक्षण किटको प्रयोगमा रोक लगायो
भारतले चीनबाट आयात गरिएको द्रुत टेस्ट किटलाई निषेध गर्दै यसको आयात बन्द गरेको छ । भर्खरै राजस्थान र पश्चिम बंगालले किटको विश्वसनीयतामाथि प्रश्न उठाएको थियो I अब भारतीय मेडिकल रिसर्च काउन्सिल (आईसीएमआर),ले पनि यसको प्रयोग नगर्न सल्लाह दिएको छ । चिनीया किटले राम्रोसँग कोरोनाको परीक्षण गर्न असफल भएपछि आईसीएमआरले त्यस्तो सल्लाह दिएको हो I
भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) ले चीनबाट आयात गरिएको तीव्र एन्टिबडी कोभिड -१९ परीक्षण किटहरूको नजितामा 'व्यापक भिन्नता' भेटिएको कारणले त्यसको प्रयोगमा रोक लगाएको छ ।
भारतले दुई चिनियाँ कम्पनीहरू, गुआन्झाउ वन्डफो बायोटेक र लिभोन डायग्नोस्टिक्सबाट करीव पाँच लाख तीव्र एन्टिबिड टेस्ट किटहरू किनेको थियो र तिनीहरूलाई कोरोनाभाइरस संक्रमणको परिक्षण गर्न धेरै राज्यहरूमा वितरण गरिएको थियो I
गुणस्तरीय किट उपलब्ध गराउने आश्वासन दिईएपनि दुई चिनियाँ कम्पनीहरुद्वारा आपूर्ति गरिएको किटहरुको प्रभावकारितामा "व्यापक भिन्नता" पाइएको छ I त्यसकारण सबै राज्यहरु र केन्द्र शासित प्रदेशहरुको मुख्य सचिवहरुसँगको कुराकानीमा आईसीएमआरले ती किट्सको प्रयोग रोक्न सुझाब दिएको हो ।
राज्य र केन्द्र शासित प्रदेशहरूलाई किटहरू फिर्ता गर्न अनुरोध गरिएको छ ताकि ती किटहरू आपूर्तिकर्ताहरूलाई फिर्ता पठाउन सकियोस्।
राजस्थान र पश्चिम बंगाललगायत धेरै राज्यहरूले चिनिया किटको गुणस्तरको बारेमा गुनासो पनि गर्दै आएका थिए I
आईसीएमआरले पीसीआर बिधिद्वारा घाटी / नाकको स्वाब परीक्षण नै कोभिड -१९ को परिक्षणको लागि उत्तम रहेको बताएको छ।
सरकारी अधिकारीले भारतसंग कोभिड १९ को लागि पीसीआर परीक्षण गर्न पर्याप्त संख्यामा किट उपलब्ध रहेको दाबी गरेका छन ।
(यो सामग्री पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.org)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।)