काठमाडाैंमा ग्यास सिलिण्डर बिस्फोट, ३ जना घाइते
काठमाडौं । लकडाउनकाे ३७ औं दिन काठमाडौं महानगरपालिका–३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर बिस्फोट भएको छ । उक्त बिस्फोटका कारण आगलागी हुँदा ३ जना घाइते भएका छन् ।
स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित३ जना घाइते भएका प्रहरीले जनाएको छ ।
बुधबार राति भएको उक्त घटनाका घाइतेको निजामती (सिभिल) अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य २ जना घाइतेको पहिचान खुलेको छैन । महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार सिलिन्डर पड्किँदा पसल नजिकै रहेको बा७१प ७४१ नम्बरको स्कुटर जलेर नष्ट भएको भएको छ ।
यसैबीच राति नै काठमाडौं महानगरपालिका–६ सिमलटारमा रोकिराखेको बा८८प४५ नम्बरको मोटरसाइकलमा आगलागी हुँदा क्षति पुगेको छ । स्थानीयवासीले समयमै आगो निभाएकाले ठूलो क्षति हुन नपाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।