रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विष्फाेट, चार बालबालिकाको मृत्यु
राेल्पा। रोल्पामा बिहीबार साँझ बम विस्फोट हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडानम्बर ७ स्थित गैरीगाउँ भन्ने स्थानमा बम विस्फोट भएको हो ।
बम विस्फोटबाट मृत्यु हुनेमा १४ वर्षीय लोतीराम डाँगी, ११ वर्षीया विमला खत्री, ५ वर्षीय विजय खत्री र १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले जानकारी दिए ।
बाख्रा चराउन गएका बेला उनीहरुले बम फेला पारेर चलाउँदा विस्फोट भएको प्रारम्भिक जानकारी आएको उनको भनाइ छ। उनका अनुसार टुइञ्च मोटर जस्तो बम विस्फोट भएको हो । घटनाबारे प्रहरी टोली पुगेर अनुसन्धान गरेपछि थप जानकारी आउने डीएसपी गुरुङको भनाइ छ।