चट्याङ लागेर अहिलेसम्म १४ जनाको मृत्यु
काठमाडाैं । एक महिनामा मात्रै देशका विभिन्न स्थानमा चट्याङबाट १४ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्ष चट्याङले ८९ जनाको मृत्यु भएकोमा यो वर्ष एक महिनामै १४ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो ९ वर्षमा मात्रै चट्याङबाट नेपालमा ९ सय २९ जनाको मृत्यु भएको छ। प्राधिकरणको तथ्यांक अनुसार नेपालमा वार्षिक औषत एक सय जनाको चट्याङकै कारण मृत्यु हुनेको गरेको छ । प्रिमनसुन तथा मनसुनी वायु सक्रिय भएका वेला बादलमा हुने घर्षणबाट जमिनमा खस्ने विद्युतीय लहरलाई चट्याङ भनिदै आएको छ ।