News स्वास्थ्य राजनीति

कोरोना विरुद्धको लडाईमा सरकारको मनोबल उच्च : मन्त्री ढकाल

कोरोना विरुद्धको लडाईमा सरकारको मनोबल उच्च : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नीजि क्षेत्रबाट प्राप्त सहयोगले कोरोना विरुद्धको लडाईमा सरकारको मनोबल उच्च बनाएको बताएका छन् ।

अफ्ठ्यारो समयमा सरकारी र नीजि क्षेत्र नभनि एकतावद्ध भएर अगाडि बढ्न नीजि क्षेत्रको सहयोगले सरकारको मनोबल उच्च बनाएको मन्त्री ढकालले बताए ।

नर्भिक इन्टरनेशनल अस्पताल तथा वसन्त चौधरी फाउण्डेशनले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले कोरोना विरुद्धको लडाईमा सबै मिलेर सफलता प्राप्त गर्न र जनताको मनोबल उच्च राख्न पनि यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘सरकारलाई के नीजि क्षेत्र के सरकारी क्षेत्र अफ्ठ्यारो परेको बेला हामी साथमा छौ भन्ने ऐक्यवद्धताले सरकारको मनोबल उच्च बनाएको छ । जनतालाई पनि सबै क्षेत्रबाट जुटेका सहयोगी मन र हातहरुले एक्लो छैनौँ कोरोना विरुद्धको लडाईमा सबै मिलेर एक्यवद्ध भएर परास्त गर्नुको विकल्प छैन । यसमा सफलता प्राप्त गर्न जनताको मनोबल पनि उच्च बनाउन सहयोग गरेको छ ।’

मन्त्री ढकालले प्राप्त साम्रगी तत्काल अभाव भएको ठाउँमा उपलब्ध गराउने उल्लेख गर्दै यसले स्वास्थ्य क्षेत्रमा कमा गरिरहेका व्यक्तिहरुको मनोबल माथि उठाउन सहयोग पुर्‍याउने बताए ।

विशेष