एम्बुलेन्स चालकलाई महाबिर पुनको निःशुल्क पीपीई

एम्बुलेन्स चालकलाई महाबिर पुनको निःशुल्क पीपीई

राष्ट्रिय आविष्कार केन्द्रले एम्बुलेन्स चालकहरूलाई पिपिई उपलब्ध गराउने भएको छ।

एम्बुलेन्स चालकहरूले पिपिई अभावमा बिरामी बोक्न नमानेपछि केन्द्रका अध्यक्ष महावीर पुनले पिपिई उपलब्ध गराउने बताएका हुन्।

‘काठमाडौंमा हुनुभएका एम्बुलेन्स चालकहरूले लाइसेन्ससहित एम्बुलेन्स नै लिएर आविष्कार केन्द्र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा आउनुहोला,’ पुनले भनेका छन्, ‘आज सोमबारदेखि पिपिई उपलब्ध गराउँछौं।’  

काठमाडौं उपत्यकाभित्रका एम्बुलेन्स चालकलाई एक थानका दरले नि:शुल्क पिपिई उपलब्ध गराउने उनले बताएका हुन्।

‘पिपिई लगाएर जानुहोस्, बिरामी बोक्नुहोस्,’ उनले भनेका छन्।

पुनले काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लाका एम्बुलेन्स चालकलाई अहिले पिपिई उपलब्ध गराउन नसक्ने उल्लेख गरेका छन्।

साथै, पुनले लकडाउन अवधिका लागि सात लाख रुपैयाँ ऋण सापटी आविष्कार केन्द्रका लागि चाहिएको बताएका छन्।

संम्बधित खबर

विशेष