विदेश

एकै अस्पतालका २६ नर्स र तीन चिकित्सक कोरोना संक्रमित, अस्पताल बन्द

एकै अस्पतालका २६ नर्स र तीन चिकित्सक कोरोना संक्रमित, अस्पताल बन्द

मुम्बईको एक अस्पताल नोभेल कोरोना भाइरसको हटस्पट बनेको छ । मुम्बईको वोकहार्ट अस्पतालमा कार्यरत २६ नर्स र तीन चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएपछि अस्पताल अस्थायी रुपमा बन्द गरिएको छ । 

मुम्बईका सरकारी अधिकारीका अनुसार एकै अस्पतालमा यति तीव्र रुपमा २९ स्वास्थ्यकर्मीलाई कसरी कोरोना देखियो भन्‍ने विषयमा अनुसन्धान गर्न छानबिन टोलीलाई निर्देशन दिइएको छ ।

उक्त अस्पतालभित्र जान र भित्रका लागि बाहिर जान दिइएको छैन । उक्त अस्पतालमा भर्ना गरिएका बिरामीहरुलाई भने दुईपटक कोरोना जाँच गर्दा नेगेटिभ देखिएको थियो । उक्त अस्पतालका २७० बिरामी र नर्सहरुको कोरोना परीक्षण गरिएको छ । 

उक्त अस्पतालका सम्पूर्ण आपतकालीन र ओपीडी सेवाहरु बन्द गरिएका छन् । 

विशेष