News अर्थ

शंकर ग्रुपका मालिक सात दिन हिरासतमै

शंकर ग्रुपका मालिक सात दिन हिरासतमै

थर्मल गन कालोबजारीको अभियोगमा पक्राउ परेका नेपालको चर्चित ब्यापारिक घराना शंकर ग्रुपका मालिक शुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्‍न जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार अनुमति दिएको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डिएसपी हेविन्द्र बोगटीका अनुसार प्रशासनले अग्रवाललाई सात दिन थुनामै राख्‍न अनुमति दिएको बताए।  काठमाडौंका प्रमुख जिल्ला  अधिकारी जनकराज दाहालले अग्रवाललाई सात दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएका हुन्।

अग्रवाललाई अहिले दरबारमार्ग बृत्तको हिरासतमा राखिएको छ।  अग्रवाललाई प्रहरीले बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत म्याद थपका लागि प्रशासन उपस्थित गराएको थियो। जगदम्बा ग्रुपका सञ्‍चालक अग्रवाललाई महानगरीय अपराध महाशाखाले ३ हजार पर्ने थर्मल गन १६ हजारसम्ममा बेचेको अभियोगमा  पक्राउ गरेको थियो।  

विशेष