रितालाई अमेरिकामा रहेका नेपलीको सहयोग
२८ बर्षे रिता ले जीबनमा अनेक उतार चडाब भोगिन । २८ वर्षिया रिता श्रेष्ठ काठमाण्डौमा जन्मिएकी हुन । काठमाण्डौ राजधानी भने पनि उनको बिबाह बाल्यकालमै भयो । बिहे गर्ने उमेरमा उनी तीन सन्तानकी आमा भैसकेकी थिइन । श्रीमान श्रीमती दुबै ज्याला गर्थे । एउटा छानो र नियमित मानोको स्रोत यी दुईका सपना थिए । तर दैव दाहिना रहेनन । चैत्र १६ मा श्रीमान रामले सदाका लागि छोडेर गए ।
कोरोनाको कहरक बीच छोराछोरी च्यापेर उनी श्रीमानको दाहासंस्कारका लागि आर्यघाट पुगिन । तर शब जलाउन शुल्क लाग्ने रहेछ । बिन्ती बिसाउने ठाऊँ थिएन । उनिहरु बागमती किनारमा शव रुँगेर रुँदै बसिरहे । संयोग पत्रकार त्यहाँ पुगे । उनिहरूकै भनसुनमा निशुल्क दाहसंस्कार भयो ।
छोरा सानै भएकोले तिन दिनमै काजकिरिया टु·याए । रिजेश श्रेष्ठ कक्षा ७ मा पढ्छन् । छोरी लक्ष्मी कक्षा ५ मा पढछिन । सानो छोरा आर्यन ६ वर्षका छन् । एक वर्ष देखि टिभीका बिरामी रिजेश नक्शालस्थित गुठीको घरमा निशुल्क बस्छन् । रिताको कथा संचार माध्यममा आएपछि केहीले केही भएपनि सहयोग गरेका छन।
अमेरिकाको फेयरफ्याक्स भर्जिनियामा रहेका रमा सपकोटा, प्रकास सुबेदी, जनक बंजारा, बिष्णु शितल तथा फ्रिमन्ट सानफ्रानसिस्कोमा बस्ने नारायण चापागाईं र राम चापागाईंले जम्मा २० हजार सहयोग गरेका छन् । कोरोनाका कारण आफहरू पनि असजिलो अबस्थामा रहेको तर रिताको पीडा सम्झेर मिलीजुली थोरै भएपनि सहयोग गरेको सहयोगी बंजाराले नेपालआजलाई बताए ।