देशभरका एम्बुलेन्सलाई तयारी अबस्थामा राख्न सरकारको आग्रह
कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले एक हजारभन्दा बढी एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न सम्बन्धित संगठन र स्थानीय प्रशासनलाई आग्रह गरेको छ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले देशभरका १ हजार ९३९ वटा एम्बुलेन्सलाई कोरोनाका बिरामी वा शंकास्पद व्यक्ति ओसारपसार निम्ति तयार रहन आग्रह गरेको हो।
प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले यसका लागि एम्बुलेन्सहरूको संगठनसँग कुरा गरेर व्यवस्थापन गरिएको जानकारी दिए।
कतिपय एम्बुलेन्स चालकहरूले पिपिई नहुँदा बिरामी बोक्न मानेका छैनन्।