कोरोना महामारीका बेला पनि सत्तारुढ नेकपाभित्र सरकार ढाल्ने र बनाउने खेल चलिरहेको छ - गणेश लामा

कोरोना महामारीका बेला पनि सत्तारुढ नेकपाभित्र सरकार ढाल्ने र बनाउने खेल चलिरहेको छ - गणेश लामा

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका युवा नेता तथा महासमिति सदस्य गणेश लामाले देशमा कोरोना महामारी आएका बेला सत्तारुढ दल भने पार्टीभित्र नै सरकार बनाउने र ढाल्ने खेलमा लागेको टिप्पणी गरेका छन् ।

नेपाल आजसँग कुरा गर्दै नेता लामाले कोरोना अहिले बिकराल समस्या बनेर खडा भएको बेलामा सबै पार्टीहरु मिलेर यसको बिरुद्ध लड्नुपर्ने बताए । नेपाली कांग्रेसले भने राष्ट्रिय विपदमा सबै एकरुपताका साथ लड्नुपर्ने भन्दै प्रेसमिट नै गरेको उनले जानकारी दिए ।

'नेपाली काँग्रेस पार्टी जुन नेपाल सरकारले आव्ह्वान गरेको लकडाउन छ, राष्ट्रिय बिपतबिरुद्ध एकरुपताका साथ् लड्नुपर्छ भनेर प्रेस मित नै गरेको थियो ।' उनले भने - 'नेपाली कांग्रेसले यसरी सहयोग गरिरहँदा नेकपाको सरकार छ नेकपा भित्र चाहि सरकार ढाल्ने र सररकार बनाउने एउटा चलखेल भइरहेको छ । यो एकदमै गलत भएको छ। यसलाई जनताले एकदम नजिकबाट नियालीरहेका छन् ।'

अहिले जनताको नजरमा सत्तारुढ पार्टी र सरकार गिरेको पनि उनले टिप्पणी गरे । हेर्नुहोस भिडियो:

संम्बधित खबर

विशेष