News

भारतीय हस्तक्षेपबिरुद्ध विवेकशील नेपाली दलको प्रदर्शन, रञ्जु दर्शनासहित ४ जना पक्राउ

भारतीय हस्तक्षेपबिरुद्ध विवेकशील नेपाली दलको प्रदर्शन, रञ्जु दर्शनासहित ४ जना पक्राउ

काठमाडाैं । भारतीय हस्तक्षेबिरुद्ध अहिले नेपाल  प्रदर्शन भइरहेकाे छ । काठमाडाैंमा भने लकडाउनलाई वेवास्ता गर्दै ३ दन यता निरन्तररुपमा बिभिन्न पार्टी संगठनहरुले बिरोध प्रदर्शन गरिरहेका छन् ।  

भारतले नेपालको भूमि लिपुलेख हुँदै सडक बनाएको विरोधमा विवेकशील नेपाली दलले गरेको मंगलबारको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरमा भारतको विरुद्धमा नारा लगाउँदै प्रदर्शनमा उत्रेमा विवेकशीलका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीले रञ्जु दर्शना, प्रमेश श्रेष्ठ र साधना थुलुङ राई पक्राउ गरेको विवेकशीलले जनाएको छ।  पक्राउ परेका सबै जनालाई रिहा गर्न पनि उक्त पार्टीले माग गरेको छ ।

विशेष