लकडाउनमा रवि लामिछानेसहित कलाकारहरुको 'मदिरा पार्टी, होहल्ला मच्चाएको भन्दै अपार्टमेन्टवासीद्वारा बिरोध
काठमाडाैं । बिश्वभर फैलिएको कोरोना महामारीका कारण अहिले नेपाल पनि लक डाउन छ । यस्तो अवस्थामा अत्यवाश्यक काम बाहेक बाहिर नाकिस्किन सरकारले सबैलाई आव्हान गरेको छ । बुधबारसम्म आइपुग्दा नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगिसकेको छ ।
लकडाउनमा बस्न र कोरोना संक्रमणबाट जोगिन सरकारले पटकपटक आग्रह गरिरहेका बेला पनि केहि नेपाली कलाकार र सबैलाई 'आदर्श' को पाठ सिकाउदै आएका रवि लामिछानेलगायतका व्यक्तिहरुले अपार्टमेन्टमा 'मदिरा पार्टी' गरेको रहस्य खुलासा भएको छ ।
हात्तीवनमा रहेको सिटिस्क्याप अपार्टमेन्टमा सोमबार अनुराग कुँवरले आयोजना गरेको 'मदिरा पार्टी' मा चर्चित हास्य कलाकार दिपक गिरी, दिपा श्री निरौला, नायिका पुजा शर्मा, किरण केसी, उत्सब रसाइली र टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित उनकी पत्नी निकिता पौडेल लगायत सहभागी भएका थिए ।
पार्टीसंगै उनीहरुले होहल्ला मच्चाएको र अपार्टमेन्टका गार्डमाथि हातपात प्रयास समेत गरेको एक स्थानीयले नेपाल आजलाई बताए । लकडाउनको बेला 'मदिरा पार्टी' गरेर होहल्ला मच्चाएपछि अपार्टमेन्टमा बस्ने अरु मानिसहरुले समेत बिरोध गरेका थिए ।
त्यसक्रममा अपार्टमेन्टमा बस्नेहरुसंग उनीहरुको झगडा समेत भएको एक स्थानीयले नेपाल आजलाई जानकारी दिए । 'अस्ति प्रचण्डले आफ्नै आगनमा मासु पकाएको तस्विर बाहिरिएका बेला यिनै रवि लामिछानेहरुले जनताले सादा खाना खान नपाएको बेला मासु भात खाएको तस्विर पाेष्ट्याउने ? भन्दै कडा आलोचना गरेको सुनिएको थियो तर आज तिनै लामिछानेहरु यसरी यस्तो संवेदनशिल अवस्थामा जाँड पार्टी गर्दै हिडेका छन् के भन्ने यिनीहरुलाई ? अचम्म लाग्यो मलाई त्' ती स्थानीयले नेपाल आजसंग भने ।
उनीहरुले पार्टी गरेको समाचार बाहिरिएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । यता उक्त पार्टीमा सहभागी भएका कलाकार दिपकराज गिरीले आफुहरुले त्यहाँ खान खाएको तर पार्टी भने नगरेको बताएका छन् । नेपाल आजसँग कुरा गर्दै उनले राहत वितरण गरेर फर्किएपछि त्यहाँ सामान्य खान खाएको तर केहि पत्रकारहरुले त्यसलाई अनावश्यक रुपमा पार्टी गरेको भनेर समाचार बनाएको भन्दै आक्रोश पोखे ।
उनले यस बिषयमा सामाजिक सञ्जाल फेसबुकमा समेत स्टाटस लेखेका छन् । आफ़ुहरुले राहत बाँड्दा कसैको नजर त्यहाँ नपुगेको तर भोक लागेको बेला खान खाएर फेसबुकमा हालेको तस्विरको बिषयलाई पार्टीसंग जोडेको उनले उल्लेख गरेका छन् ।
'लगभग १०,१२ दिन राहत बॉड्न हिडियो होला त्यो फोटो कसैले छापेन, राहत बॉढेपछि बसेर खाना खाएको र हामिले नै खिचेर हालेको फोटोलाई आधार बनाएर मसलायुक्त समाचार छापियो, त्यसको लागि धन्यबाद छ , केहि फ़िल्मी पत्रकार साथिहरूलाइ!!!' उनले भनेका छन्।
केहि समय अघि आफ्नो कार्यक्रम ‘सिधा कुरा जनतासंग’ मार्फत रवि लामिछानेले ‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि टन्न झोल हालेर खाउँ तर बाहिर नजाउँ’ भन्दै जोशिलो तरिकाले संदेश दिएका थिए । त्यतिबेला उनले उनले ‘बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोप संग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपि थपि खानुहोला’ भनेका थिए ।
उनले यस्तो भनेको भिडियो क्लिप सामाजिक संजालमा खुबै भाइरल भएको थियो भने तर अहिलेको रविसमेत सहभागी भएको सो भिडियोले संचारकर्मी र अभियानकर्मीहरूमाथि सामाजिक सञ्जालमा व्यंग सुरु भएको छ ।
र यो पनि,