News

पाकिस्तानमा हिन्दूका घर जलाइयाे, महिलामाथि यौन दुर्व्यवहार र बच्चाहरूलाई कुटपिट गरियो

पाकिस्तानमा हिन्दूका घर जलाइयाे, महिलामाथि यौन दुर्व्यवहार र बच्चाहरूलाई कुटपिट गरियो

काठमाडाैं । पाकिस्तानको सिन्ध र पंजाब प्रान्तमा हिन्दूहरूमाथि आक्रमणको घटना बढ्न थालेको छ । हालै सिन्ध प्रान्तमा हिन्दूहरुका घर जलाइएको छ भने पंजाब प्रान्तमा हिन्दू महिलाहरूमाथि यौन दुर्व्यवहार भएको छ ।

सिन्धमा भएको आक्रमणको भिडियो मानव अधिकारकर्मी र वकिल राहत अस्टिनले समाजिल सञ्जालमा पोष्ट गरेका छन् । उनले समाजिक सञ्जालमार्फत सिन्धको मटियारी हालामा हिन्दुहरूको घर जलाइएको र पुरुष, महिला तथा बच्चाहरूलाई कुटपिट गरी घर छोड्न बाध्य पारिएको जानकारी दिएका छन् । 

अस्टिनका अनुसार हिन्दुहरु एक हजार बर्षदेखि सिन्धमा बस्दै आएका छन् । पछि मुसलमानहरू शरणार्थीका रूपमा आएका थिए तर अब उनीहरूले नै हिन्दूहरूलाई निशाना बनाइरहेका छन् । उनले पोष्ट गरेको भिडीयोमा घरबाट धुँवा निस्किरहेको र पीडित हिन्दू परिवारका महिला र केटाकेटी चिच्याउदै गरेको देखिन्छ ।

स्थानीय हिन्दुको भिल समुदाय दशकौदेखि त्यस क्षेत्रमा बसोवास गर्दै आएका छन् तर पनि त्यहाँको बहुसंख्यक समुदाय (मुस्लिम)ले उनीहरूमाथि हरेक दिन जसो आक्रमण गर्दछन् र हिन्दुहरुलाई घर खाली गर्न बाध्य बनाईन्छ ।

दोस्रो समाचार पाकिस्तानको पंजाब प्रान्तको रहिमियारको चक नम्बर १२१ को हो । मानवअधिकारकर्मी अस्टिनले नै ट्वीट गरेर यसबारे पनि जानकारी दिएका छन । उनले त्यहाँ बस्ने एक व्यक्ति र तिनकी पत्नीमाथि एक भिडले हमला गरेको उल्लेख गरेका छन् । उनको ट्वीटमा हिन्दु महिलामाथि भिडकै समक्ष यौन शोषण गरिएको पनि आरोप लगाइएको छ । यति मात्र होइन, घाइते पति र पत्नीलाई सो क्षेत्र छोड्न बाध्य पनि पारिएको बताइएको छ ।

गत महिना पनि पाकिस्तानको सिन्ध प्रान्तको घोटकीको बाहिरी इलाकामा राजा फार्म क्षेत्रमा रहेका हिन्दुहरूको घर जलाइएको थियो । यस घटनामा कम्तिमा तीन बालबालिकाको ज्यान गएको थियो ।

विशेष