News

सगरमाथा हड्पन खोज्दा चीनको चौतर्फी विराेध, सी चिङपिङकाे पुत्ला दहन

सगरमाथा हड्पन खोज्दा चीनको चौतर्फी विराेध, सी चिङपिङकाे पुत्ला दहन

काठमाडाैँ। चिनियाँ हस्तक्षेप तथा बिस्तारबादबिरुद्द नेपाल बिद्यार्थी संघ गोरखा र तरुण दलले राके जुलुस निकालेकाे छ। राके जुलुससहित चिनियाँ राष्ट्रपतिकाे पुत्ला दहन समेत नेवि संघ र तरूण दलले गरेका छन्।

राके जुलसपछि प्रदर्शनकारीहरू कोण सभामा परिणत भइ चिनियाँ हस्तक्षेप तथा बिस्तारबादबिरुद्द चर्काे आलाेचना गरेका थिए। नेवि संघका नगर सभापति सुमन पन्त र संघका गोरखा अध्यक्ष सुबास अधिकारी पछिल्लाे समय चीन नेपालमाथि गिद्दे नजर लगाएकाे बताए।

त्यस्तै नेबिसंघ विरगन्जले ‘गो ब्याक चाइना’ को नारा लगाउँदै चीनविरूद्द विराेध प्रदर्शन गरेकाे थियाे । प्रदर्शनमा सहभागी कार्यकर्ताहरले ब्यानरसहित चीनकाे चर्काे आलोचना पनि गरेका थिए।

त्यस्तै यसअघि चिनियाँ हस्तक्षेपको विरोध नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस तारकेश्वर नगरपालिका–४ ले काठमाडाैँमा गरेकाे थियाे। त्यसैगरी त्याे भन्दा अगाडि सिन्धुलीका युवाहरुले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका थिए । नेपालको झण्डा बोकेका युवाहरुले राष्ट्र र राष्ट्रियताको नारा लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गरेका थिए ।

केही दिन अघि चीनको सरकारी मिडियाले सगरमाथा चीनको भूमिमा रहेका उल्लेख गर्दै ट्वीट गरेको थियो । २ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटरमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्बिर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको थियो ।

सो विषयलाइ लिएर नेपालीहरुले समेत सामाजिक सञ्चालमा चीनको विरोध जनाइरहेका छन् । गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको हो । उनीहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिएका छन् ।

विशेष