News

कोरोना भाईरस चीनबाटै लिक भएको मसंग प्रमाण छ : अमेरिकी राष्ट्रपति 

कोरोना भाईरस चीनबाटै लिक भएको मसंग प्रमाण छ : अमेरिकी राष्ट्रपति 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वुहानको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको प्रमाण आफूसँग रहेको दाबी गरेका छन् ।
 
ट्रम्पले चीनको वुहानस्थित इन्सटिच्युट अफ भायरोलोजीको लापारबाहिले गर्दा  कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको ठोकुआ गरेका हुन्  ।

बिहीबार आयोजीत पत्रकार सम्मेलनमा  एक पत्रकारले उनले किन यति विश्वासका साथ चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको भनिरहनु भएको छ भनी गरेको प्रश्नको उतरमा  ट्रम्पले आफुसंग सोको प्रमाण रहेको बताएका थिए I

यधपी  चीनले कोरोना भाइरस फैलाउने कार्य जानीजानी गरेको हो कि गल्तीले भयो भन्ने बारे अझै स्पष्ट नभएको उनले बताए । यसमा थप छानबिन भैरहेको उनले बताए ।

ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चीनको साथ दिएको पनि आरोप लगाएका छन ।

सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहान पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो ।  अहिले यस संक्रमणबाट  सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ ।

(यो सामग्री पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.org)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।

विशेष