पाकिस्तानी सूचीबाट राष्ट्रसंघद्वारा सूचिकृत आतंकबादीहरुको नाम हटेपछि...
इमरान खानको नेतृत्वमा रहेको पाकिस्तान सरकारले हालसालै आफ्नो निगरानी सूचीबाट संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पहिचान गरेको आतंकबादीहरुसहित लगभग ४ हजार आतंकवादीको नामहरु हटाएको छ I
पाकिस्तान सरकारले झन्डै आधा आतंकबादीको नाम हटाएर उनीहरूको सम्पत्ति कब्जा हुनबाट बचाउन कोशिस गरिरहेको आरोप लागेको छ। ७२०० जनाको नाम पाकिस्तान सरकारको आतंकवादीको सूचीमा थियाे ।
यता सुरक्षा परिषदको अनुगमन समितिको भ्रमणरत टोलीलाई पाकिस्तानले संयुक्त राष्ट्र संघको प्यानलले अपर्याप्त जानकारी दिएकाले आफ्नो निगरानी सूचीमा सूचीकृत धेरै व्यक्तिविरूद्ध कारबाही गर्न पाकिस्तान असक्षम रहेको जानकारी दिएको छ। सुरक्षा परिषदकोको १२६७ जनाको सूचीमा १३० जना पाकिस्तानी आतंककारीहरूको नाम छ।
यद्यपि पाकिस्तानले सूचीमा भएका १९ जनालाई मात्र आतंककारी रहेको स्वीकार गरेको छ, जसमा लश्कर-ए-तैयबा नेता हाफिज सईद पनि छन्। यसअघि पाकिस्तानले २०१३ देखि नै संयुक्त राष्ट्रसंघको रेकर्डमा उल्लेख गरिएको आतंकबादी समूह लश्कर-ए-झांगवीका प्रमुख परिचालक कमाण्डर मतिउर रहमानलगायत छ जना आतंककारीहरूको नाम हटाउन अनुरोध गरेको थियो।
संयुक्त राष्ट्रसंघको अनुगमन टोली गत महिना नै पाकिस्तान आएको थियो । सरकारले सो टोलीलाई संयुक्त राष्ट्रले आतंकवादीहरुको जन्म मिति, राष्ट्रियता, राष्ट्रिय परिचयपत्र नम्बर, राहदानी नम्बर वा अन्य कुनै ठेगाना उपलब्ध नगराएकोले आतंकबादीहरुको नाम सूचीबाट हटाईएको बताएको छ ।
पाकिस्तानले यो बहानामा ती आतंकबादीहरुको नाम घेरलु सूचीबाट मात्र नभई संयुक्त राष्ट्रसंघको सूचीबाट पनि हटाउन खोजेको देखिन्छ I पाकिस्तानले आतंकबादीहरुलाई कारबाहि गर्न पटक-पटक प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा भने खासै चासो नदिएको आरोप लाग्दै आएको छ I
(यो सामग्री पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.org)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।