प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, उपत्यका सिल गर्ने तयारी
काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार साँझ ४ बजेलाई बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलक अध्यक्षलाई बोलाइएको छ । बैठकमा पूर्व प्रधानमन्त्रीहरुलाई पनि बोलाइएको छ ।
बालुवाटार स्रोतका अुनसार भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको विषयमा केकसरी अघिबढ्ने भन्ने बारे यो बैठकमा छलफल हुनेछ । साथै, पछिल्लो साता नेपालमा बढेको कोभिड संक्रमणबारे पनि छलफल हुने बताएइएको छ । 'पछिल्लो परिस्थितिबारे दलहरु र पूर्व प्रधानमन्त्रीबाट राय सल्लाह लिनका लागि प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हो,' रिमालले भने ।
काठमाडाैंमा पुन: कोरोना संक्रमण देखिएपछि सरकारले उपत्यका सिल गर्ने तयारी थालेको छ । आजको सर्वदलीय बैठकमा यस बिषयमा समेत छलफल हुनसक्नेछ । आज बुधबार मात्रै थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१९ पुगेको छ । कपिलवस्तुमा २२ वर्षीय पुरुष र बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुष पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए । यसअघि धुलिखेल अस्पतालमा भएको परीक्षणमा बाँकेका १ जनामा कोरोना पुष्टि भएको थियो ।
उनहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । मंगलबार मात्रै उपत्यकाका ३ जनासहित ८३ जनामा कोरोना संक्रमण देखिएको थियो ।