उपत्यका फर्किनेलाई आफ्नै कोठामा प्रवेश निषेध ! बिज्ञप्तिसहित

उपत्यका फर्किनेलाई आफ्नै कोठामा प्रवेश निषेध ! बिज्ञप्तिसहित

काठमाडौं । ललिपपुर महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिटलर शाक्यले बिहीबार एउटा सूचना निकालेका छन्, ‘लकडाउनको समयमा जिल्ला वा विदेशबाट फर्किएर आएका व्यक्तिहरुलाई प्रवेश निशेष गरिएको छ ।’

साथै उनले घरधनीहरुलाई घर गएका भाडामा बस्नेहरु आफ्नो घरमा प्रवेश नदिने जानकारी गराउन भनेको छ । यदि कसैले सूचना लुकाए घर नै सिल गर्ने र क्वारेन्टाइनमा लाग्ने खर्च आफैंले व्यहोर्नुपर्ने चेतावनीसमेत सूचनामा दिइएको छ ।

जबकी सरकारले वैशाख २६ बाट लकडाउनको मोडल फेर्दै उद्योगधन्दा, बैंकहरु खोल्न अनुमति दिएको छ । अनुमति पाएका व्यवसाय सञ्चालन भएका छन् भने निर्माणका कामहरु पनि पुनः सुरु भएको छ । यससँगै लकडाउनको समयमा उपत्यका छाडेर गएकाहरु काम गर्न उपत्यका फर्किन थालेका छन् । कतिपयले आफ्ना कर्मचारी आफैं ल्याएका छन् त, कतिपय तरकारी, खाद्यान्य, दुध जस्ता अत्यावश्यकीय वस्तु ढुवानी गर्ने गाडी चढेर आएका छन् ।

तर, यसरी आएकाहरुलाई घरमा प्रवेश नदिन वडा कार्यालयहरुले भने उर्दी जारी गरेको छ । किन त ? ललितपुर ६ का वडाध्यक्ष शाक्यले भने, ‘लकडाउनका बेला गाउँ गएकाहरु घरधनीलाई थाहा नदिएर आउन थाले । यसरी आउँदा अरुले असुरक्षित महसुस गर्न थाले ।’

उपत्यका बाहिरबाट आएकाहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गराउने प्रयास पनि नभएको होइन । तर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका उनीहरुलाई कुनै लक्षण देखिएको छैन भनेर फर्काइने गरेको छ ।

र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरटीडी)बाट परीक्षण गर्न उपत्यका प्रवेश गरेको १४ दिन पर्खिनुपर्ने हुन्छ । त्यसैले घरधनीलाई जिम्मेवार बनाउनुको विकल्प नभएकाले यस्तो चेतावनीपूर्ण सूचना जारी गर्नुको परेको वडाध्यक्ष शाक्यले बताए ।

संम्बधित खबर

विशेष