स्वास्थ्य मन्त्रालयको विवरण त्रुटिपूर्ण, प्राविधिक कारण भन्दै घटायो ५ संक्रमित

स्वास्थ्य मन्त्रालयको विवरण त्रुटिपूर्ण, प्राविधिक कारण भन्दै घटायो ५ संक्रमित

महोत्तरी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ७ः४५ बजे जारी गरेको विज्ञप्तिमा कोभिड–१९ पुष्टिको विवरण दोहोरिएको पाइएको छ । मन्त्रालयले अघिल्लै दिन संक्रमितकाे सूचीमा परिसकेका धनुषा, महोत्तरी र सर्लाहीका पाँच जनालाई दोहोर्‍याएर सूचीमा समेट्दा विवरण त्रुटिपूर्ण हुन पुगेकाे हाे ।

धनुषामा २, महोत्तरीमा २ र सर्लाहीमा १ गरी ५ जनामा कोरोना संक्रमण भएको पुष्टि मन्त्रालयले मंगलबार नै गरिसकेको थियो । आज बिहीबार मन्त्रालयले तीनवटै जिल्लाका उही व्यक्तिलाई ठाउँमात्रै खुलाएर ५ जनामा थप संक्रमण देखिएको विज्ञप्ति निकालेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीेले पनि प्रेस विज्ञप्ति नै जारी गरी त्रुटि भएको स्वीकार गरेका छन् । प्राविधिक कारण भन्दै उनले कुल संक्रमितको संख्या २४५ नै रहेको स्पष्ट पारेका छन् । 

संम्बधित खबर

विशेष