नवलपरासी थप १ जनामा कोरोना संक्रमण पुष्टी, नेपालमा संक्रमितको संख्या २४६ पुग्यो
काठमाडौँ । नेपालमा बिहीबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमित व्यक्ति नवलपरासीको देवचुली नगरपालिका- १२ का ४९ वर्षीय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भरतपुरको प्रयोगशालमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो। बिहीबार बिहानै पनि कपिलवस्तुकी ६ वर्षीया बालिकासहित काठमाडौंको चन्द्रागिरिका ३२ वर्षीय पुरूषमा पनि संक्रमण देखिएको थियो।