कोभिड-१९ बाट नेपालमा पहिलोपटक एक महिलाको मृत्यु

कोभिड-१९ बाट नेपालमा पहिलोपटक एक महिलाको मृत्यु

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले पहिलो पटक नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको औपचारिक पुष्टि गरेको छ । सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी ती महिलामा श्वास्प्रश्वासमा समस्या भएपछि धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिला सावित्री तिमिलसेना रहेकी छिन् ।

यस सम्बन्धमा थप विवरण लिइएको र परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ । कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो । उनलाई सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको टोलीले स्कर्टिङ गरेर अन्त्येष्टि गर्न लागिएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार उनको अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको हो । सुरक्षाका उपाय अपनाउँदै कार्यविधिअनुसार सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहितको टोलीले शव अन्त्येष्टिको लागि लगिएको हो ।

संम्बधित खबर

विशेष