गुगलले नेपालको नक्साबाट हटायो सगरमाथा, चिनमा लगेर राखिदियो
काठमाडाैं । गुगलले विश्वको सर्बोच्च शिखर सगरमाथा ( द माउन्ट एभरेस्ट) लाई नेपालको नक्साबाटै हटाइदिएको छ । नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित सगरमाथाका बारेमा केहि समयअघि चीनको एउटा नेशनल टेलिभिजनले आफ्नो देशमा पर्ने दावी गर्दै ट्वीटरमा तस्विर समेत अपलोड गरेको थियो । तर नेपालसहित विश्वभर त्यसको चौतर्फी बिरोध भएपछि उक्त टेलिभिजनले सगरमाथा नेपाल-चीन सिमानामा पर्ने भन्दै अर्को ट्वीट गर्यो ।
त्यसको केहि समय नबित्दै गुगलले समेत नेपालमा अवस्थित विश्वको सर्बोच्च शिखर सगरमाथालाई चीनकाे नक्सामा राखिदिएको छ । गुगलले सागरमाथकाे लोकेशन चीनमा राखिदिएपछि अहिलेनेपालमा त्यसको समेत चौतर्फी बिरोध भइरहेकाे छ । केहिदिन अघि मात्रै सोहि चिनियाँ मिडियाले चीनले सागरमाथमा चुचुरोमा पुग्ने बाटो बनाइरहेको भन्दै ट्वीटरमै तस्विर सार्वजनिक गरेको थियो ।
भारतले निरन्तररुपमा नेपाली भूमि कब्जा गर्न खोजिरहेको अवस्थामा चीनले समेत हेपाहा प्रवृति देखाइरहेको भन्दै त्यसको बिरोध भइरहेको छ । भर्खरै भरतले नेपाली भूमि लिपुलेकमा एकतर्फी बाटो बनाएपछि सरकारले जवाफ माग गरेको छ । साथै लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपाली नक्सा सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।
गुगल म्याम्स एक बिश्वकै प्रशिद्द मार्ग निर्देशन गर्ने सफ्टवयर (एप्लिकेशन /वेब) भए पनि याे संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रीय सार्वजनिक कम्पनी हो । यदि तपाईहरुलाई पनि यसको बारेमा प्रस्ट हुन चाहानुहुन्छ भने गुगल म्याप्समा गएर Mount Everest सर्च गरी म्याप ट्रेस गर्न सक्नुहुनेछ ।
सगरमाथाको उचाई ८८४८ (आठ हजार आठ सय अड्चालिस ) मिटर रहेको छ । यसको उचाई भुकम्पपछि पनि उति नै रहेको दावि गरिएता पनि नेपालको पछिल्लो रिपोर्ट भने आउन बाँकि नै छ ।