News

कोरोना- पाकिस्तानमा नियम तोड्नेमाथि 10 लाख रूपियाँसम्म जरिमाना

कोरोना- पाकिस्तानमा नियम तोड्नेमाथि 10 लाख रूपियाँसम्म जरिमाना

पाकिस्तानमा लगातार कोरोनाको बढ्दो मामिलालाई ध्यानमा राख्दै पाकिस्तान सरकारले नियम तोड्नेहरूमाथि 10 लाख रूपियाँसम्मको जरिमानाको नयाँ प्रावधान ल्याएको छ।

सिन्धका गवर्नर इमरान इस्माइलले महामारी संशोधन अध्यादेशलाई अनुमति दिएका छन्। रिपोर्ट्स अनुसार, सिन्धमा लकडाउन प्रतिबन्धहरू र दिशा-निर्देशहरूलाई तोड्नेहरूको निम्ति नयाँ कानून ल्याइएको छ, जस अन्तर्गत 10 लाख रूपियाँसम्मको जरिमाना दिनपर्नेछ।

यस संशोधित कानूनमा यो पनि भनिएको छ, 'यदि कसैलाई कोरोना रोग फैलाएको जिम्मेवार पाइए उसले पनि अधिकतम 10 लाख रूपियाँको जरिमाना दिनपर्नेछ'। पाकिस्तानमा कोरोना भाइरस संक्रमणको कूल मामिला बढ़ेर 35 हजारभन्दा पनि अधिक भएको छ।

विशेष