News

रवि लामिछाने सामुन्ने परे जुताले हान्छु - सत्यनारायण मण्डल

रवि लामिछाने सामुन्ने परे जुताले हान्छु - सत्यनारायण मण्डल

काठमाडाैं । नेकपाका नेता एबं पूर्वमन्त्री सत्यनारायण मण्डलले सार्बजनिक छबी भएका पत्रकार रबि लामिछाने सीआइएको एजेन्ट र गुण्डा भएको गम्भीर आरोप लगाएका छन । लामो समय अमेरिका बसेकै आधारमा सिआइएको एजेन्ट भनेको हुन वा उनीसँग केही प्रमाण छ ? प्रस्ट छैन । हालै सार्वजनिक भएको एक भिडियोमा उनले रवि लामिछाने आफ्नो सामुन्ने देखिए जुत्ताले हान्ने समेत बताएका छन् ।

लामिछाने नेपाल फर्कदा नेकपाका अध्यक्ष केपी ओली पहिलो पटक प्रधानमन्त्री थिए । रबिले ओलीकै कार्यकालमा ‘सिधाकुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाएका थिए । मण्डलको आरोपलाई गम्भीर मान्ने हो भने प्रधानमन्त्री ओलीले तत्कालिन अबस्थामा अमेरिकी नागरिक रहेका लामिछानेलाई किन आफ्नो पहिलो कार्यकालभरि प्रसय दिए ?  मण्डलहरु प्रति नै प्रश्न तेर्सिन्छ । 

अमेरिकी नागरिकको हैसिएतमा प्रधानमन्त्रीसँग सिधाकुरा गर्दा उनी सीआइएको एजेन्ट नहुने, उताको नागरिकता छाडेर जनतासँग सिधा कुरा गरिरहँदा कसरी एजेन्ट हुने ? पूर्वमन्त्री मण्डलमाथि प्रश्न ओइरिएको छ । लामीछानेको पेशागत कमजोरी वा सबलता सामाजिक बहस बन्दै आएको छ । तर उनीमाथि सीआइएको एजेण्ट जस्तो गम्भीर आरोप बिनाआधार भनिएबाट पूर्वमन्त्री मण्डल आलोचित छन । प्रमाण देखाउन या आत्माआलोचना गर्न मण्डललाई धेरैले सुझाव दिएका छन । मण्डलसँग यसबारे बुझ्न हामी सम्पर्कको प्रयासमा छौं ।

 

विशेष