२५ बर्षदेखि वेपत्ता पञ्चेन लामाको बारेमा पत्ता लगाउन चीनसंग अमेरिकाको माग
काठमाडौं । अमेरिकाले तिब्बतको पञ्चेन लामाको बारेमा पत्ता लगाउन चीनसँग माग गरेको छ । तिब्बती पञ्चेन लामा बौद्ध धर्मको सबैभन्दा महत्वपूर्ण व्यक्ति रहेका भन्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पीओले २५ बर्षदेखि वेपत्ता लामाको बारेमा पत्ता लगाउन चिनियाँ सरकारसँग माग गरेको हो ।
विदेशमन्त्री पोम्पीओले सोमबार पञ्चेन लामाको बारेमा वास्तविकता छिटो खोल्न चिनियाँ सरकारसँग माग गरेका हुन् । पोम्पीओले भने ‘तिब्बतीहरुको धार्मिक, भाषिक र सांस्कृतिक पहिचानलाई निरन्तरता दिन चीनको निरन्तर लडाईको बारेमा अमेरिकाले गहिरो चिन्ता गरेको छ।’
‘राज्यको विभागले धार्मिक स्वतन्त्रताको संरक्षण र संरक्षणलाई प्राथमिकतामा राखेको छ, विशेष गरी चीनमा सबै धर्मका मानिसहरुलाई कडा दमन र भेदभावको सामना गर्नुपर्दछ ।’ पोम्पीओले भनेका छन् - ‘१७ मेमा हामीले ११ औं पञ्चेन लामाको बेपत्ता भएको २५ औं वार्षिकोत्सव मनायौं, गेदुन चोइक्य न्याइमा, जो पीआरसी सरकारले अपहरण गरेपछि सार्वजनिक रूपमा उपस्थित भएका थिएनन् ।’
चीनले जब १९९५ मा तिब्बत बौद्ध धर्मको दोस्रो महत्वपूर्ण व्यक्तिलाई ६ वर्षको उमेरमा नै आफ्नो कब्जामा लिएको थियो तब उनलाई विश्वकै सबैभन्दा कान्छो बन्दी भनिएको थियो ।
किन बनाइयो उनलाई बन्दी ?
तिब्बती बौद्ध पुनर्जन्ममा विश्वास राख्छन् । जब तिब्बत बौद्ध धर्मको सबैभन्दा महत्वपूर्ण व्यक्ति पञ्चेन लामाको सन् १९८९ मा मृत्यु भयो९केही मानिस यो पनि भन्छन् कि उनलाई चिनियाँ सरकारले नै विष दिएर मारेको हो० तब उनले अवतार लिन्छन् भनेर धेरैले अनुमान गरेका थिए ।
सन् १९९५ मे १४ मा तिब्बती बौद्धधर्मका प्रमुख दलाई लामाले पञ्चेन लामाले अवतार लिएको बताए । ६ वर्षका गेझुन चोएक्यी न्यीमालाई पञ्चेन लामाको अवतार घोषित गरियो । ती बालक तिब्बतको नाक्शु शहरका एक डाक्टर र नर्स दम्पत्तिका छोरा थिए ।
चिनियाँ सरकारलाई पञ्चेन लामालाई दलाई लामाको हस्तक्षेपविना नै पहिचान गरियोस् भन्ने इच्छा थियो तर त्यस्तो नभएपछि गेझुन र उनको परिवारलाई चिनियाँ सरकारले परिदृश्यबाटै हटाइदियो र आफ्ना नजिकका धर्म गुरुबाट यस्तो पञ्चेन लामाको पहिचान गर्न भन्यो जो चीनको इशारामा चलोस् ।
पञ्चेन लामा यति महत्वपूर्ण किन छन् ?
दलाई लामाजस्तै पञ्चेनलाई पनि बुद्धको एक रुप मानिन्छ । ‘पञ्चेन’लाई बुद्धको असीम प्रकाशको दैविक स्वरुप मानिन्छ । परम्परा अनुसार एक रुप दोस्रो स्वरुपको गुरु हो र दोस्रोको अवतारको पहिचान गर्नमा पहिलोको विशेष भूमिका रहेको हुन्छ । दलाई लामा र पञ्चेन लामाको उमेरमा ५० वर्षभन्दा बढीको अन्तर छ । यस अर्थमा जब दलाई लामाको अर्को रुप खोज्ने काम पञ्चेन लामाले गर्छन् ।
दलाई लामाले आफ्नो रिटायर्मेन्ट र पुनर्जन्मलाई लिएर एक सन्देश लेखेका थिए, ‘उनीहरुका अनुसार उनीहरु मेरो मृत्यु पर्खिरहेका छन् र त्यसपश्चात आफूले चाहेको व्यक्रिलाई नै १५ औं दलाई लामा घोषणा गर्ने छन् ।’