सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । सरकारको आगामी आर्थिक २०७७/०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबारको संसद बैठकले बहुमतले पारित गरेको हो ।

नीति तथा कार्यक्रमअघि सांसदहरुबीच छलफल भएको थियो भने छलफलमा उठेको प्रश्नबारे आजै प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए । नीति तथा कार्यक्रमअघि सांसदहरुबीच छलफल भएको थियो भने छलफलमा उठेको प्रश्नबारे आजै प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए । प्रधानमन्त्रीको जवाफलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेकोमा बहुमतले पारित भएको घोषणा गरिएको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतबाट पारित भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे। यसअघि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्न आग्रह गरेका थिए।

संम्बधित खबर

विशेष