News

नेपाल-भारत सिमा विवादबारे चीनले दियो यस्तै गैरजिम्मेवार अभिव्यक्ति

नेपाल-भारत सिमा विवादबारे चीनले दियो यस्तै गैरजिम्मेवार अभिव्यक्ति

काठमाडौं । चीनले लिपुलेक, कालापानीको सीमा विवाद नेपाल र भारतको भएको बताएको छ । र, दुई देशले आपसी सम्वादबाट हल गर्ने विश्वास व्यक्त गरेको छ । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने सडक बनाएको छ ।

त्यसको नेपालले विरोध गरेको छ भने सोमबार मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा पास गरेको छ । तर यो सडक दुई देशबीच २०१५ मा भएको सहमतिअनुसार बनेको र चीनसम्म जोडिएकाले नेपालले उत्तरी छिमेकीसँग पनि कुराकानी गर्नुपर्ने माग उठेको छ ।

नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले भने, ‘कालापानीको मुद्दा नेपाल र भारतको हो र हामी आशा गर्छौ कि दुई देशले मैत्रिपूर्ण परामर्शबाट विमतीहरु हल गर्नेछन् ।’ साथै चीाले एकपक्षीय कदम, जसले स्थिति जटिल बनाउन सक्छ, त्यसबाट दुबै देश बच्नुपर्नेमा जोड दिएको छ ।

नेपाली भूमि भएको थाहा पाएकै अवस्थामा लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको मानसरोवर जाने बाटो बनाउने बेलामा चीनले भारतसँग सम्झौता गरेको छ तर अहिले उक्त समस्या नेपाल र भारत हो भन्दै गैरजिम्मेवार प्रतिक्रिया दिएपछि नेपालमा त्यसको बिरोध सुरु भएको छ ।

विशेष