लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडे सर्मोलीका युवा, अबिर लगाएर गरियाे बिदाई
काठमडौँ । दार्चुलामा एक युवाहरुको समूह अतिक्रमित लिपुलेकतिर लागेको छ । सीमानामा नेपालको झण्डा गाड्न सर्मोलीका युवाहरुको एक समूहले सोमबार लिपुलेकको यात्रा सुरु गरेको हो ।
भारतले लिपुलेक क्षेत्रमा अतिक्रमण गरेर सडक निर्माणको विरोधमा उत्रेका युवाहरु नेपालको राष्ट्रिय झण्डा बोकेर लिपुलेक हिडेका हुन् । ‘सीमा रक्षा अभियान’ नाम दिएर लेकम गाउँपालिका (सर्मोली) का युवाहरु अतिक्रमित भूमि लिपुलेकको यात्रा सुरु गरेका थिए । सोमबार हिडेका युवाहरु साङपाङ पुगेका थिए । मंगलबार विहानै अबिर लगाएर साङपाङबासीले बिधाई गरेका छन् ।
टोलीको नेतृत्व दिपक विष्टले गरेका छन् । नौगाड गाउँपालिकाकोण् साङपाङबाट बिदाई हुँदै गर्दा विष्टले नेपालको राष्ट्रियता र भौगोलिक अखण्डतामाथि प्रहार भएकाले त्यसको प्रतिवाद गर्नु सबै नेपालीको कर्तब्य रहेको बताए । लिपुलेकमा नेपाल भारत सीमा आफूहरुलाई राम्रोसँग जानकारी भएको भन्दै भारतले कब्जा गरेको जमिनमा झण्डा गाडेर फर्किने टोलीमा सहभागी गणेश विष्टले बताए ।