नेपाली भूमि फिर्ता ल्याउनकै लागि लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरिएको हो - प्रधानमन्त्री

नेपाली भूमि फिर्ता ल्याउनकै लागि लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरिएको हो - प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको बताएका छन् । प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी नगरिएको बताए ।

‘यो कुनै तमासा गरिएको होइन, देखाउनका लागि मात्र गरिएको होइन’ उनले भने ‘यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो ।’ प्रधानमन्त्रीले तथाकथित राष्ट्रवाद देखाउन नक्सा जारी नगरिएको पनि स्पष्टीकरण दिए । ‘तथाकथित राष्ट्रवाद बोल्ने अभ्यास र प्रचलन देखिआएको भोगिआएको समयमा त्यस्तो आकलन गर्नुु पनि अनौठाने होइन’ उनले भने । आफ्नो भूमि भारतबाट जसरी पनि फिर्ता ल्याएरै छोड्ने उद्घोष गरे ।

उनले मुलुक असहज अवस्थामा रहेकाले सबैलाई एक जुट हुन आह्वान गरेका छन् । नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको प्रतिनिधि सभामा जवाफ दिदै गरेका प्रधानमन्त्री ओलीले कोरोना भाइरसले २ जनाको निधन भएकोमा दुःख व्यक्त गरे ।

‘कोही पनि नेपालमा कोरोनाको कारण वा कोरोना संक्रमित भएको अवस्थामा मृत्यु नहोस् भन्ने हाम्रो प्रयास असफल भएको छ,’ उनले भने, ‘२ जनाको निधन भएको छ, यद्यपि कोरोना भन्दा अरु कारणले निधन भएको पनि हुन सक्छ तर विश्व स्वास्थ्य संगठनको मापदण्डले कोरोना संक्रमण देखिए त्यसैबाट मृत्यु भएको मान्नुपर्ने ठानिएकाले पनि २ जनाको मृत्यु भइसकेको छ, मृतकका परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको अहिलेसम्मको संख्या ४०३ हुन सक्ने जानकारी आएको बताए । यद्यपि आधिकारिक तथ्यांक ३७७ रहेको उनले बताए । कोभिड नाइन्टिन सुरु हुँदा विश्व समानाका लागि तयार नभएको स्मरण गराउँदै उनले नेपालले भने तयारी पर्याप्त गरिरहेको संकेत गर्न खोजेका छन् ।

‘नेपालमा २३ जनवरीमा विद्यार्थीमा देखिएको थियो, अहिलेसम्म ३७७ कन्फर्म देखिएको छ यो संख्या अझै बढ्न सक्दैन भन्ने सकिन्न । यसको स्रोत नै बाहिरबाट आउने भएकाले त्यसलाई रोक्न जरुरी छ,’ उनले भने । तर जनप्रतिनिधी लगायतका विभिन्न कारणले मानिसहरूको आवागमन रोक्न नसकिएको बताए ।

यद्यपि नियन्त्रणका लागि सबै एकजुट हुन जरूरी रहेको उनले बताए । हाल ५७ हजार ९०४ क्वारेन्टाइनको संख्या उपलब्ध रहेको तर ३० हजार संख्या मध्य खालको र २३ हजार क्वारेन्टानन उपयुक्त खालको रहेको बताउदै उनले ३ हजार ३०७ जना राख्न सक्ने गरीको आइसोलेसन तयारी रहेको जानकारी दिए ।

संम्बधित खबर

विशेष