नेपाललाई वार्ताका लागि सकारात्मक वातावरण बनाउन भारतको आग्रह
भारतका विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सिमा विवाद सुझाल्न नेपालको नेतृत्वले वार्ताका लागि सकारात्मक वातावरण तयार गर्नुपर्ने बताएका छन् । मन्त्रालय नियमित पत्रकार सम्मेलमा बोल्दै उनले नेपालको नेतृत्वले वार्ताका लागि सकारात्मक वातावरण बनाउनपर्ने बताएका हुन् ।
उनले कालापानी, लिपुलेक र लिम्पुयाधारा क्षेत्रमाथि नेपालको दावी ऐतिहासिक तथ्य र प्रमाणसङ्गत नरहेको भन्दै नेपाललाई भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्नपर्ने बताएका छन् ।
उनले नेपालले विवादित भन्दै आएको क्षेत्र भारतकै भएको दावी समेत गरेका छन् । नेपालले सीमासम्बन्धी विवादलाई कूटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै उनले नेपालको नयाँ नक्सा अस्वीकार गर्ने प्रतिक्रिया समेत दिएका छन् ।
बुधवार नेपालले सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समावेश गरेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेको थियो।
नेपालले आफ्नो भूमिलाई कृत्रिम रूपमा विस्तार गरेको आशय व्यक्त गर्दै श्रीवास्तवले भारतले त्यसलाई अस्वीकार गर्ने बताए।
मन्त्रिपरिषद्ले अनुमोदन गरेको दुई दिनपछि नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको हो।