स्वास्थ्य सेवा विभागका महानिर्देशकले जबर्जस्ति करारमा पठाएका डाक्टरलाई कोरोना संक्रमण

स्वास्थ्य सेवा विभागका महानिर्देशकले जबर्जस्ति करारमा पठाएका डाक्टरलाई कोरोना संक्रमण

काठमाडाैं । स्वास्थ्य सेवा विभागमा करारमा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ५ जना कोरोना पोजिटिभ देखिएको थियो। जसमध्ये ललितपुरका भनिएको संक्रमित स्वास्थ्य सेवा विभाग अन्तर्गत करारमा कार्यरत चिकित्सक रहेको पाइएको छ।

इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखामा कार्यरत ति डाक्टरलाई स्वास्थ्य विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले उनको लाइसेन्स आउन नपाउदै करारमा पठाएको खुलासा भएको छ । 

'मंगलबार कोरोना पुष्टि भएका डाक्टरलाई उनको लाइसेन्स नआउदै करारमा खटाइएको थियो ।' स्रोतले भन्यो -'उनले काम गरिरहेकै अवस्थामा लाइसेन्स त आयो तर अरुको उपचार गर्दागर्दै उनी आफैलाई कोरोना संक्रमण हुन पुग्यो ।'

कोरोना पोजेटिभ ति चिकित्सकले पाटन एकेडेमी अफ हेल्थ साइन्सबाट एमबिबिएस गरेका हुन् ।

 

र यो पनि,

ओम्नीलाई नियम विपरित २० करोड भुक्तानी दिन नमानेपछि केशव प्रसाई गलहत्याइए

स्वास्थ्य सेवा बिभागका महानिर्देशक भन्छन- कोरोना नियन्त्रणमा सरकारले राम्रो कम गर्न सकेन

संम्बधित खबर

विशेष