डिल्लीबजार कारागारभि कुटाकुट, कैदीको टाउको फुट्यो

डिल्लीबजार कारागारभि कुटाकुट, कैदीको टाउको फुट्यो

काठमाडाैं । सँघीय राजधानीका भिआइपी कैदी राखिने चर्चित डिल्लीबजार कारागार भित्रकुटाकुट भएको छ । कुटाकुटमा घाइते भएका एक कैदीलाई अस्पताल लगिएकाे छ भने झडपस्थलमा रहेका चौकिदार गोकुल गिरीलाई जेलर अरुण पोख्रेलको कार्यालयमा लगेर राखिएको बताइएकाे छ ।

डा.उपेन्द्र देवकोटाकी छोरीको अपहरण र फिरौती असुलीसम्बन्धी अभियोगअन्तर्गत आठ बर्षदेखि उक्त कारागारमा सजाय भुक्तान गर्दै रहेका गोकुललाई चौकिदारीबाट हटाउन असन्तुष्ट कैदी बन्दीले अर्को पक्षमाथि बिहानैदेखि कुर्सीका खुट्टा र भाटा हान्न थालेका थिए ।

झडप बढ्दै गएपछि कैदीहरुले भित्रबाट ताला लगाइदिएका छन् ।स्थिति नियन्त्रण बाहिर जाने देखिएपछि थप मद्दतका लागि पुगेका प्रहरीहरुले झडपमा संगलग्नलाई समातेर जेल सार्न भित्र पस्ने तयारीमा छन् । ४ सय ७१ कैदी रहेको उक्त कारागारको “क” ब्लकमा पूर्व आइजिपी रमेश चन्द र सशस्त्रका डिआइजी रन्जन कोइरालासमेत थुनिएका छन् । केही समयअघि पूर्व सभामुख कृष्णबहादुर महरालाई समेत यही खण्डमा राखिएको थियो । चौकिदार गिरीले दश बर्षको कैद भुक्तान गर्न अब दुई बर्ष बाँकी छ ।

यसवीच टाउको फुटेर अस्पताल लगिएका घाइतेको नाम जवर्जस्ती करणी काण्ड (जक) का समशेर तामाङ रहेको र चौकिदारसहितको सेट परिवर्तनसहित मुख्य दोषीहरुको कारागार सरुवामा सहमति जुटेको बताइएकाे छ । 

         

संम्बधित खबर

विशेष