साँखुमा अचानक एक युवतिकाे मृत्यु, काेराना परिक्षण हुँदै
काठमाडौं । शङ्खरापुर नगरपालिका साँखुमा आज मृत्यु भएकी एक युवतीको पीसीआर विधिबाट स्वाब परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ ।
वैशाख १२ गते कञ्चनपुरबाट साँखुस्थित आफन्तकोमा आएकी २० वर्षीया एक युवतीको मृत्यु भएपछि स्वाब परीक्षणका लागि पठाइएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईंले बताए । कञ्चनपुरबाट आएको दिनदेखि १० दिनसम्म उनलाई इन्द्रेणीको स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा राखिएको थियो ।
आरडीटी रिपोर्ट नेगेटिभ आएपछि उनी आफन्तको घरमा गएकी थिइन् । क्षयरोगको समेत बिरामी रहेकी उनको स्वास्थ्य असामान्य हुँदै गएपछि साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल कलेजमा लगिएको थियो । त्यहाँ उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको थियो ।