लकडाउनमा पास विना गाडी हाँक्ने मन्त्रीका छोरा सर्वसाधारणको घेराबन्दीमा
काठमाडौं । कोरोना भाइरसको महामारीले भारतमा गत मार्च २४ देखिको लकडाउन जारी छ । लकडाउन केही खुकुलो बनाएर सवारी साधन सञ्चालन सहज बनाइए पनि पास अनिवार्य छ । मानिसहरू महामारीबाट जोगिन सामाजिक दूरी कायम गरेर बसिरहेका छन् ।
भारतले सरकारले सामाजिक दूरी पालना गर्न बारम्बार आग्रह गर्दै आएको छ । तर उत्तराखण्ड राज्यका एक राज्यमन्त्रीका छोराले भने पास विना नै सरकारी गाडी चलाएपछि उनी सर्वसाधारणको घेराबन्दीमा परेका छन् ।
भारतीय जनता पार्टी (बीजेपी) सरकारका राज्यमन्त्री विनोद आर्यका छोरा पास विना नै गाडीमा उत्तराखण्ड सरकारको चिह्न लगाएर चमोली जिल्लाको उर्गम घाटी पुगेपछि सर्वसाधारणले उनलाई घेराबन्दी गरेका हुन् ।
लकडाउनमा विना इजाजत गाडी चलाएको भन्दै मन्त्रीका छोरालाई प्रहरीले देवग्रामबाट जोशीमठ पुर्याएलगत्तै सरकारी गाडी नियन्त्रणमा लिएर उनीविरूद्ध मुद्दा चलाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।